 |
अन्नपुर्ण साउथ अनि पदयात्री । |
मानिसहरु अक्सर भन्छन्, जीवन निश्चित गन्तव्य हैन, यो गन्तव्यहीन एक यात्रा हो । हो यही भनाईलाई आत्म साथ गर्दै अन्नपूर्ण आधार शिविर पदयात्रा गर्ने निश्चित भयो म अनि पोल्यान्डका मित्रहरु – कारोल र मार्ता । पोखराको हपहपी गर्मी, यसलाई चट्ट छोड्दै लुम्लेको चिसो हावाँको स्पर्शमा रम्दैँ बिरेठाटीमा बसले हामीलाई करिब दुई घण्टामा ल्याइ पु¥यायो । टिम्स र एक्याप चेक पोष्टमा विदेशी साथीहरुले दर्ता गरे पछि हाम्रो पैदलयात्रा सुरु भयो बिरेठाटीबाट । मोदी नदी किनारमा बनेको सानो बस्ती हो बिरेठाटी । कोही पर्यटकहरु दाया बाटो घान्दु्रक हुदैँ यात्रा तय गर्छन् त कोही बायाँ तीखेढुङगा हुदैँ । हामीले चाहिँ पछिल्लो बाटो तय ग¥यौँ । बायाँ पट्टी नदीमा कोही गर्मी छेल्न मस्त पौडी खेलिरहेका थिए त कोही बल्छी थापी माछा मार्नमा व्यस्त थिए ।
 |
गहुँका खेत अनि मट्टाठाटी गाउँ |
उल्लेरीसम्म केही वर्ष पहिले मोटर बाटो जोडेपछि धेरै पदयात्रीहरु त्यहीबाट यात्रा सुरु गर्दा रहेछन् । एक त बेमौसम अनि अर्को मोटर बाटोले गर्दा पर्यटकहरुको चहलपहल बाटोमा त्यति थिएन । गोरेटो बाटाहरु सुनसान थिए, ससाना झारपातहरुको मुना पलाइसकेका थिए, लाग्दो हो धेरै भइसकेछन् यी बाटाहरुले पदयात्रीहरुका पाइलाहरुको स्पर्श नपाएको । मट्टाठाटी, लामदवाली अनि सुदामे गाउँहरुलाई छिचोल्दै तिखेढुङ्गा हिले पुग्यौं । खोला किनारमा मस्त रमाइरहेको सुन्दर गाउँ तिखेढुङ्गा । यहाँका होटलहरुमा पनि पर्यटकहरु त्यति खचाखच भने थिएनन् । झोलुङ्गे पुल अनि आकर्षक झरनाहरु मनै लोभ्याउने खालका थिए । झरनामा पश्चिमी रक म्युजिकमा केही थान पर्यटकहरु चिसो बियरको चुस्कीका साथ मस्त झुमिरहेका थिए । त्यसपछिको करिब २ घण्टाको नाकै ठोकिने उकालो बाटो, रङ्गीबिरङ्गी चराचुरुङ्गी अनि पारि देर्निे साबेत गाउँको मनोरम दृश्य नियाल्दैँ अनि क्यामरामा कैद गर्दै उल्लेरी पुगेको पत्तै भएन । सुर्यास्तसगैँ बेलुकाको खाना खाएर आनन्दले निदाए ।
 |
हिमालका राजा । |
दोस्रो दिन बिहानै बे्रकफास्टमा अण्डा र बे्रड खाएर उकालो लाग्यौँ । आजको यात्रा घोरेपानीसम्म । बाटामा भेटिने केही पर्यटकहरु अनि गाउँलेहरुसगँ मिठामिठा गफगाफमा रम्दै अघि बढ्नुको मज्जा बेग्लै थियो । घोरेपानीसम्मका लागि मालसामान ओसारिरहेका घोडा अनि खच्चरको लाम । अनि तिनीहरुको घाटीको घण्टाबाट निस्किएको मिठो आवाजमा रम्दैँ तिनीहरुको लस्करको फोटो खिच्न तम्सिएका थिए साथी क्यारोल । वनै भरि ढकमक्क फुलेका लालीगुराँसको बोटबाट लालीगुराँस टिपेर आफ्नो चुल्ठोमा सजाइ भ्याएका साथी मार्ताले । मनमोहक झरनाहरु अनि बाटोलाई पछ्याउदै नाङ्गेठाटीमा बिहानको खाना खाएर घोरेपानी लाग्यौँ । कोही दिदीबहिनी जङ्गलबाट गुन्दु्रक बनाउन डोकोभरि ढकार साग टिपेर ल्याइरहेका थिए त कोही त्यसलाई कुटेर गुन्द्रुक बनाउदै थिए । घोरेपानी म्याग्दी, पुन मगरको गाउँ । गाउँभन्दा पनि सहर भन्न सुहाउँछ त्यहाँको पुर्वाधारहरु हेदाँ । तीन चार तलाका अग्लाअग्ला होटलहरु, लेकसाइडका भन्दा कम छैनन् सुविधाहरु हेर्ने हो भने पनि । आजको बास स्नो भ्यु होटलमा । एकछिन आराम गरेर बाहिर घुम्न निस्क्यौँ । अन्नपूर्णलाई एक फन्को मारेर मुस्ताङ तातोपानीबाट साइकलमै घोरेपानी आएका दुई जना विदेशीसगँ गफगाफ गरियो । मुस्ताङबाट स–साना मालाहरु बेच्न आउनुभएका एक जना दिदीसगँ मिठो बातचित भयो । चिसो सिरेटोलाई व्यवास्ता गर्दै सुर्यास्तलाई नियालेर अबेर होटल फक्र्यौँ ।
 |
घोरेपानी स्वागत द्वार । |
तेस्रो दिन बिहानै साडे चार बजे अलरामले ब्युझिए । पौने पाचँ बजे सबै पर्यटकहरु पुनहिलमा सुर्याेदय हेर्न लस्करका साथ अघि बढे । सिजनमा त एकै दिनमा हजारौँ पर्यटकहरु त्यहाँ आउछन् भनेर त्यही चिया पसल थाप्नु भएका दाईले भन्दा पत्यार लागेन तर त्यो दिन मुस्किलले पचास जना थिए त्यहाँ । करिब छ बजेतिर माछापुच्छ्रे छेउबाट घाम निस्कदाँ सबै जनाका क्यामरा त्यतै सोजिए । आकर्षक धौलागिरी, नीलगिरी, अन्नपूर्ण प्रथम, अन्नपूण साउथ,् माछापुच्छे अनि बाह्रसिख हिमालले सबैलाई लोभ्यायो । यहीँ डाडालाई पर्यटकीय गन्तव्यका रुपमा विश्व सामु चिनाएर त्यहाँका पुन मगरको आर्थिक, शैक्षिक लगायत चौतर्फी विकासमा टेवा पु¥याउनु भएका महान हस्ती स्व. मेजर टेक बहादुर पुनलाई सम्झन पुगे ।
 |
पुन हिल अनि कुहिरोभित्र धौलागिरी । |
घोरेपानी आएर बिहानको ब्रेकफास्ट लिएर लाग्यौैं हामी आजको गन्तव्यतिर । कहिले उकालो, कहिले ओरालो, कहिले घना जङ्गलबाट त कहिले खुला आकाशबाट अगाडि देखिने हिमालहरुसगँ साइनो गास्दैँ बनठाटी पुगेर लन्च लियौं । पसल्नी दिदीको मुस्कान अाि पस्केको निउरोको अचार, बाख्राको सुकुटी अनि भात उस्तै मिठो । टाडापानी पुग्नै लाग्दाँको आदि घण्टाको उकालो बाटो अत्यासलाग्दो । यहाँबाट घान्द्रुक गाउँ तीन घण्टामा पुग्न सकिन्छ । एकछिन आराम गरेर फेरि यात्रालाई निरन्तरता दियौँ । वन बिचमै पानी पर्न थालेपछि चुइले पुगेर ओत लाग्यौँ । पानी पर्न नरोकिएपछि हामी त्यही बस्ने निर्णय ग¥यौँ ।
 |
हरियो चिचिल्कोटे । |
चौथो दिन बिहानै यात्रा सुरु ग¥यौँ किनकि हरेक दिन पानी पर्ने निश्चित नै हुन्थ्यो । बिहानको खाजामा स्वादिलो गुरुङ ब्रेड, अण्डा अनि तरकारी । बिहानको समय भएर होला मैले क्यामरामा धेरै चराहरु कैद गर्ने अबसर पाएँ । किम्रोङ खोला वारि सानो गाउँ सिप्रोङ, गाउँ कटेपछि झोलुङ्गे पुल तरेर नाकै ठोकिने उकालो बाटो तय ग¥यौँ । सुर्जुङ अनि गुर्जुङ गाउँहरु साना तर चिटिक्कका थिए । बाटामा त्यति धेरै पर्यटकहरुको चहलपहल थिएन । बिहानबाटै हामीलाई पछ्याउने कुकुरले हामीलाई छोम्रोङ सम्म ल्याइ पु¥यायो । ठुलो क्षेत्रमा फैलेको गाउँ छोम्रोङ, उस्तै सुबिधा सम्पन्न होटलहरु । माथि होटलहरु अनि पुछारमा चिटिक्क परेको ढुङ्गे गाउँ । बिहानको खाना त्यही एक होटलमा खाएर आराम ग¥यौं ।
 |
छोम्राेङ पारि सिनुवा लाग्दै खच्चरको लाम । |
बेस क्यामबाट फर्केका पदयात्रीहरुसगँ हरेक पल्ट हामी त्यहाँको अवस्थाको बारेमा बुझ्थ्यौं । फाल्गुनमा आएको हिम पहिरोले लगभग अन्नपूर्ण आधार शिविरका सबै होटलहरुलाई ध्वस्त बनाएकाले उनीहरु त्यहाँ नबस्न सल्लाह दिईरहेका थिए । पानीका केही थोपाहरुले स्पर्श गर्न थालेपछि हामीले हाम्रा पाइलाहको गतिलाई बढायौं । बगिरहेको कञ्चन खोला, बाजोँ खेत जोतिरहेको किसान अनि बाटा छेउछाउमा खेलिरहेका बालबालिकाहरु, रमाइलो थियो माहोल । छोम्रोङबाट करिब एक घण्टाको यात्रा पछि भुनुका वा तल्लो सिनुवा पुग्दा नै पानीले हामीलाई पछ्याइहाल्यो । बल्ल दिउसोको एक बजेको थियो घडीमा । तातो चियासगैँ मिठा गफगाफमा व्यतित ग¥यौं केही समय । पानी केही समय पछि रोकिए सगैँ हामीले हाम्रो यात्रालाई निरन्तरता दियौँ । एक घण्टापछि माथिल्लो सिनुवा पुगेसगैँ पानी पर्न सुरु भएपछि हामीले त्यस दिनको यात्रालाई त्यही बिट मा¥यौं । होटलको गुरुङसिनी दिदीसगँ गुरुङ भाषामा गफगाफ गर्दाको मज्जा बेग्लै थियो ।
 |
ब्याम्बो अनि गन्तव्यतिर लम्किरहेका पाइलाहरु । |
अर्को दिन पनि हिजैको जस्तो यात्रालाई बिहानै सुरु गर्नु नै ठिक लाग्यो हामीलाई । कहिले घना जङ्गल त कहिले स–साना खोलामाथिका फलामे पुलहरु तरेर यात्रा अघि बढ्यो । बिहानको चिसो मौसम अनि उचाई बढेसगैँ सास फेर्न कठिनाइ हुनु स्वभाविक थियो नै । बाटो वरिपरि नियालै नियालको घारी छिचोल्दै करिब साडे एक घण्टामा चार पाचँ वटा होटलहरु रहेको एउटा ठाउँमा पुग्यौै, नाम रहेछ ब्याम्बो । बिहानै छोम्रोङबाट पचास किलो सिमेन्ट बोकेर देउरालीसम्मको लागि हिड्नु भएका दाईहरुसगँ गरे । उहाँहरुलाई उछिन्न त के भेट्न पनि हम्मेहम्मे परेको थियो हामीलाई । जङ्गलको बाटो कतै ढुङ्गा बिछ्याइरहेका थिए त कतै सिडी लाउन व्यस्त थिए मान्छेहरु । दोभान कटेर उकालै उकालो लागेर हिमालय पुगेर तातो सुपले पेट तातो पा¥यौं । हिमालयमा हाल दुई वटा होटलहरु सञ्चालनमा रहेछन् । कहिले खुलेको हिमाल त कहिले बादलभित्र लुकेको हिमालसगँ भलाकुसारी गर्दै यात्रा अघि बढी रहेको थियो । केही समय पहिले परेको हिउँको थुप्रो माथि पाइला टेक्दै अघि बढ्न कठिनाइ भएको थियो । त्यस पछिको केही समयमा चार वटा होटलहरु रहेको देउरालीमा पुग्यौँ । केही पारि पुग्न नपाउदैँ पानी परे पछि फर्किएर हामी देउरालीमै फक्यौँ । अमेरिकाबाट हनिमुन मनाउन आएका ब्रियान र ब्रिट्नीसगँ केही रमाइला गफगाफहरु भए । पानी पर्न नरोकिएपछि आजलाई हामीले यहीँ बस्ने निर्णय ग¥यौँ ।
 |
अन्नपूर्ण अाधार शिविर हाेटल पून: निर्माणका लागि काठ बोकिरहेका ज्यामीहरु
देेेउराली |
छैटौं दिन सुयोँदय हेर्न अन्नपूर्ण आधार शिविरमा पुग्नु पर्ने भएकाले बिहानै पाचँ बजे तातो सुप पिएर यात्रा सुरु ग¥यौँ । बाटो छेउछाउमा हिउँको थुप्रो, अनि छेउमै सुसेलिरहेको मोदी खोला । कुहिरोभित्र लुकिरहेको हिमाल सुर्योदयसगैँ खुल्न थालेपछि खुसीको सिमा रहेन । करिब सात बजे माछापुच्छे्र आधार शिविर पुग्दा आखै अगाडिका हिमालहरुमा पहिलो पल्ट सूर्यका किरणले स्पर्श गर्दाको पल शब्दमा वर्णन गर्न सकिने खालको थिएन । पछाडिबाट माछापुच्छेको रुप पहिलो पल्ट नियाल्न पाएँ । प्राय मानिसहरु माछापुच्छे आधार शिविरमा रात काटेर बिहानै अन्नपूर्ण आधार शिविर जादाँ रहेछन् । हामी माथि जादैँ गर्दा प्राय पर्यटकहरु फर्किरहेका थिए । अन्नपूर्ण आधार शिविरमा तपाईलाई स्वागत छ भन्ने ठूलो बोर्डको अघि सम्झना स्वरुप केही फोटोहरु लियौँ । तीन महिना अघि फाल्गुनमा आएको हिउँ पहिरोले लगभग सबै होटलहरुलाई क्षति पु¥याएपछि त्यहाँको अवस्था नाजुक बनेको छ । करोडौको नोक्सानी त छदैँ छ, त्यहाँ हाल पर्यटकहरुलाई पनि एकदमै सास्ती रहेको छ । आखै अगाडि अन्नपूर्ण साउथ, अन्नपूर्ण प्रथम, हिमचुली देख्दा मन चङगा झै बन्यो । एक पाइला अगाडि बढे छुनै मिल्न सक्ने जस्तो हिमालहरु ।
 |
माछापुच्छ्रे - अन्नपूर्ण अाधार शिविरबाट । |
चार जना चिनियाँ पर्यटकहरु ल्याएको सिम्रिक एयर त्यही हेली प्याडमा ल्यान्ड ग¥यो । आधा घण्टाको लागि करिब नेपाली चालिस हजार तिरेर २÷४ सेल्फीमा रमाएर उनीहरु फर्के । समय अभावको कारणले होला तर आधा घण्टाको हेली घुमाई भन्दा हाम्रो आठ दिने पैदल यात्रा कैयौं गुना स्मरणीय, रोचकका साथै उपलब्धीमुलक बन्यो । होटल पुनःनिमार्णका लागि आवश्यक काठका लागि छोम्रोङबाट कडा मिहिनेतका साथ हिउँले ढाकिएको बाटो छिचोल्दै एक हुल पुरुषहरु त्यही आइपुगे । जति रोमाञ्चक हिमाल हामीलाई हुन्छ त्यति नै यहाँको जनजीवन कष्टपूर्ण छ । कतिलाई बाध्यता त कतिलाई रहर हिमाल । पारिलो घाम लागिसके पछि हिउँ पग्लिन थालेसगैँ फर्किन यात्रा कष्टपूर्ण बन्यो । फर्कन अब पुरै ओरालो बाटो । हुन त घुडालार्इृ एकदमै सास्ती भएपनि हामीले साझँसम्म यात्रा गरेर बास ब्याम्बोमा बस्यौँ । अर्को दिन दिउसै झिनु हट स्प्रिङमा आएर बिहानको खाना खायौँ । पन्ध्र मिनेटको बाटो तय गरेर झिनु हट स्प्रिङमा करिब एक घण्टा रमायौँ । आनन्दको पल रह्यो । यात्राभरको थकान पुरै बिर्सेर रिफे्रसको अनुभूति भयो । होटलमा त्यति धेरै पर्यटकहरु थिएनन् । हामीसगँ जम्मा छ जना । थकानले होला कति बेला निदाइएछ पत्तै भएन ।
 |
हिउँ पहिरो पछि क्षतविक्षत अन्नपूर्ण अाधार शिविर । |
यात्राको अन्तिम दिन अर्थात आठौ दिन । बिहानको नास्ता लिएर हामी झोलुङ्गे पुल तरेर करिब दुई घण्टा बाटो तय ग¥यौँ । ताम्ले गाउँमा आइपुग्दा त्यहाँ पोखराका लागि बस छुट्नै लागेको रहेछ । हाम्रो योजना नयाँपुलसम्म पैदलयात्रा गर्ने भएपनि थकानले गर्दा हामीले बस समातेर करिब चार घण्टामा पोखरामा आइपुग्यौँ । आठ दिनको मुटु काप्ने चिसोको बसाइँ अनि पोखराको हपहप गर्मी बिल्कुल विपरीत थियो । समग्रमा यस पैदलयात्रा एक अविस्मरणीय र सम्झनलायक एक पल बन्यो । नेपाल सुन्दर छ, यसमा कुनै दुई मत छैन । घुम्नु केबल घुम्नु मात्रै हैन, त्यहाँको रहनसहन, रीतिरिवाज, प्रकृति अनि जनजीवन बुझ्ने यो एक सुनौलो अबसर पनि हो । जय पर्यटन ।
 |
झिनु पारि ताम्लेतिर । |
4 Comments
Thrilling journey and beautiful photos!
ReplyDeleteKeep it up. :)
Thankyou dai for your words .. it inspire me furthermore to travel and write but still in learning phase dai 😊😊
DeleteWow..... exquisitely beautiful pics!!!
ReplyDeleteloved it
Thankyou for your words.. But would be happy to know you too 😊😊
ReplyDelete