मार्दीको काखमा रुमलिदाँ - दिवश गुरुङ


माछापुच्छ्रे र मार्दी हिमाल ।।


भर्खर दसैँको आगमन, सबै दसैँ मनाउन घर जानको चहलपहल । म भने एकल चालिस दिने नेपाल साइकल यात्राको तयारीमा जुट्दै थिए । कुनै योजना नै थिएन मार्दी टे«किङ जाने यसपालि । पाल्पामा मेडिकल अध्ययनरत साथीहरु नीशा, सन्दीपा र बैनी नीता पोखरा आएपछि खबर पाएँ अनि मैले बिना योजना निर्णय गरे मार्दी दोस्रो पटक पैदल यात्रा जाने । हुन त अक्सर योजना बिहीन यात्राहरु नै हमेशा स्मरणीय र सफल बन्छन् र यो पनि एक बन्यो । प्राय पदयात्रीहरु काडेँबाट सुरु गरी अस्ट्र«ेलियन क्याम्प, पोथाना, फरेष्ट क्याम्प, लो क्याम्प, हाइ क्याम्प अनि सिदिङको बाटो हुदैँ पोखरा फर्कने गर्छन् तर हामीले ठीक विपरीत यात्रा तय गर्ने भयौँ सिदिङ टु काडेँ । फरकपनको स्वाद चाख्दाँ छुट्टै आनन्द जो मिल्यो । दिउसोँ हरिचोकबाट सिदिङका लागि छुट्ने जीप बाग्लुङ राजमार्गलाई छाडेर मिलनचोक हेम्जाबाट दाहिने लागे पछिको आनन्द बेग्लै थियो । बजारको होहल्ला, कोलाहाल वातावरण अनि धुलोँ धुवाँबाट केही दिनको लागि छुटकारा जो मिल्ने वाला थियो । बढी खुसी माछापुच्छ«े र मार्दी हिमाल काखमा रमाउने स्वैर कल्पनामा म त हराई सकेको थिए । सललल बगिरहेको कञ्जन मार्दी नदीको आवाज अनि हरियाली सुन्दरतामा आफैलाई हराउदाँ स्वगीय अनुभूतिको आभाष भएको थियो । पर्यटकीय ल्वाङ र घलेल गाउँलाई पछि पार्दै जीप सिदिङ पुग्दा झम्के साझँ परिसकेको थियो ।
ल्वाङ क्यानोनिङमा रम्दै ।।

 माछापुच्छे«को चुचुरो सुन झैँ सुर्यास्त सगैँ चम्केपछि विस्तारै विलिन भयो रात छिपेसगैँ । त्यो रातको लागि होटल ट्रेकर्स इनमा दिउसै हामीले रुम बुक गरेका थियौँ । भर्खर सिजन लागेको थियो, त्यसैले नेपालीले भन्दा नि बढी विदेशी पर्यटकहरुले खचाखच थियो होटल । कोही डाइनिङ रुममा आगो ताप्दै मस्त बियरको चुस्कीमा रम्दै थिए त कोही गफगाफमा मस्त । बिहान चाडै यात्रा सुरु गर्नु पर्ने भएकाले मिठो दाल भात खाएर हामी घुप्लुक्कै सुत्यौं ।
गन्तव्यतिर लम्कदैँ एक यात्री ।।

दोस्रो दिन बिहानै माछापुच्छ«ेको सुन्दर दृश्य नियाल्दै बेक्रफास्टमा अण्डा, लोकल ब्रेड अनि चिया लियौं । अब तय गर्नु पर्ने लगभग सबै उकालो बाटो भएकाले स्याँ स्याँ गर्दै थिए साथीहरु केही क्षणमै । थकान बिसाउने एउटा राम्रो बहान हुन्थ्यो हरेक पल्ट, फोटो खिच्ने ः) । केही क्षणमै थाके पछि साथीहरु फोटो खिच्न तम्सिहाल्थे । हुन त कति तस्वीरहरु क्यामरामा हैन, मस्तिष्कमा अजम्बरी रुपमा कैद हुन्छन् । अन्नपूर्ण बेस क्याम्पमा पर्यटकको घुइचोँमा आत्तिएकाहरु यहाँ मस्त रमाउँछन् । धेरै भएको छैन मर्दी हिमाल ट्रेक सुरुवातमा आएको । मार्दी जादैँ र माथिबाट फर्कदै गरेका पर्यटकहरुसगँ गफगाफ गर्नुको मज्जा बेग्लै थियो ।
यात्राको साथी 😊😍 ।।

उकालो बाटोबाट अत्तालिएर साथीहरु हरेक पल्ट माथिबाट र्फकदै गरेकाहरुलाई एउटै प्रश्न ते¥स्याउथे, “अब लो क्याम पुग्न कति लाग्छ नि ?” सबै आश्वासन दिदैँ अब एक घण्टामा पुगिन्छ भन्थे । कति गए गए त्यस्ता एक घण्टा तर अहँ ! आइपुग्दैनथ्यो गन्तव्य । हाइ क्याम्पसम्म लागि सामानका भारी बोकेकाहरु आजै हामी त माथि पुगेर सिदिङ नै सबेरै फर्कन्छौं भन्दा साथीहरु आश्चर्य चकित हुन्थे । करिब चार घण्टाको यात्रा पछि बल्ल तल्ल लो क्याम्प पुग्यौं । भोक, थकान अनि तिर्खाको कम्बिनेशनले आत्तिएको ज्यानलाई मिठो दाल, भात अमृतसरह बन्यो । खाना पछि एकछिनको आरामले झन ज्यान आलास्य बनायो । त्यस होटलका दाई मज्जाको हुनुहुदाँे रहेछ । खानाजस्तै बासुरी र गीतारको तालमा मिठो गीत पनि बोनसमा पस्कनु भयो । उहाँसगँ बिदा लिएर हामी हाइ क्याम लाग्यौं नचाहदाँ नचाहदैँ ।
बादल डाडाँमा बादलभित्र ।।


लालीगुरासँको जङ्गलबीच उक्लिदै र ओरालो लाग्दै कुहिरोमा रुमलिदै दुई वटा होटलहरु भएको बादल डाडा पुग्यौं । नाम जस्तैको ठाउँ रहेछ, बादल डाडा । हामी पुग्दा सफा थियो त्यहाँको मौसम । केही बेर नै नलाग्ने, एकै छिनमा बादलभित्र हामीलाई पनि स्वर्गीय आनन्दमा हराइदियो । धन्य छ प्रकृतिको बिचित्र रुप । सिमसिम पानी पर्न लागेपछि हामीले हाम्रो पाइलाहरुको गति बढायोँ । मसगँ त पानी परे ओड्न रेनकोट थियो समस्या साथीहरुलाई पर्ने थियो । धन्न त्यति ठुलो पानी चाहिँ परेन । लो हाइ क्याम्प हुदैँ माथि लागेपछि चिसो मौसम अनि हावाको कोमल स्पर्शले मनमा न्यानो आभाष भएको थियो । ठाउँठाउँमा अव्यवस्थित रुपमा मिल्काइएको फोहोरको थुप्रोले भने मन खिन्न तुल्यायो । खै सरोकारवालाहरु कसरी मौन बस्न सकेका छन् कुन्नि ? उचाइसगैँ स–साना रुखहरु र घासँपात मात्र देख्न थालिसकेको थियो । साघुरो गोरेटो, दाया बाया आङै सिरिङ्ग बनाउने भीरहरु, अलिकति होसियारी नअप्नाए ज्यानै जान नि सक्छ यहाँ । त्यसैले पर्यटकहरुलाई यहाँ एक्लै यात्रा नगर्न प्राय सुझाव दिन्छन् ।
कुहिराेभित्र रुमलिदैँ बालक 😉😊।।

 दाया पट्टि फेदमा ब्याम्बो, दोभानका निला होटलका छानाहरु बादल खुलेसगैँ देख्न थाले । कतै मस्त घासँ खाएर चरिरहेको चौरी त कतै एक हुल भेडाको बथान अनि पाइलै पिछे रङगीबिरङ्गी चराचुरुङ्गीले जो कोहीलाई बाटामा एकछिन भुलाइदिन सक्छ । आखैँ अगाडि कुहिरोभित्र लुकामारी खेलिरहेका माछापुच्छ«े र मार्दी हिमालले त झन जो कोहीलाई मन्त्रमुग्ध बनाइहाल्छ । अबेर हामी हाइ क्याम्प पुग्यौँ । बिहानै रुम बुक गरे पनि हामीले रुम पाएनौँ । सिजनमा यहाँ दैनिक पाचँ सयको हाराहारीमा पर्यटकहरु आउँछन् तर यहाँ सञ्चालित जम्मा तीन होटलहरु पर्याप्त छैनन् । कति समय कोचिएरै डाइनिङ टेबल त कहिले किचनमा पनि सुत्न बाध्य हुन्छन् पदयात्रीहरु । कि त अरु होटलहरु थप्न अन्नपूर्ण संरक्षण क्षेत्रले स्वीकृत दिनुपर्छ हैन भने चेक पोष्टबाटै निश्चित सङ्ख्यामा हरेक दिन पर्यटकहरु भित्र्याउने नियम बनाउन जरुरत छ । धन्न हामीलाई टेन्टमा सुत्ने व्यबस्था भयो । प्राय सबै पदयात्रा गर्ने क्षेत्रहरु भौगोलिक विकटताले गर्दा हरेक खानेकुराहरु महङ्गो हुनु स्वाभाविक नै मानिन्छ । एक लिटर (बोतल बाहिरको ) पानीलाई एक सय बीस । सबै टेबल प्याक डाइनिङ रुममा । त्यहाँ करिब दस बाह्र वटा लस्करै खाटहरु । जहाँ आराम गरिरहेका गाइड अनि सहयोगीहरु । बल्ल अबेर हाम्रो खाना खाने पालो आयो । उचाइले गर्दा होला त्यति खाना नरुचे पनि जर्बजस्त केही खाना खाएर सबेरै हामी सुत्यौँ ।
अन्नपूर्ण साउथ अगाडि पोज दिदैँ ।।



तेस्रो दिन बिहानै चार बजे नै हामी बिउझियोँ । मार्दी बेस क्याम्पबाट बिहानको सुर्योदय नियाल्न पर्यटकहरु टर्च बालेर लहरै अघि बढे । पहिला पनि म आएकाले मेसो पाएको थियो अबको बाटो अति जतिल छ भनेर । साघुरो उकालो बाटो, उस्तै निस्पट अन्धकार अनि उचाइसगैँ सास फेर्न गाह्रो हुदाँको कम्बिनेशन । अहिले सोच्दा अत्यासलाग्दो । बहिनी नीताको डर थियो कहिले पहाड नचढेको मानिसलाई सिधै यति उचाईमा पुग्न समस्या हुन सक्छ भनेर । मार्दी भिउ पोइन्टमा पुग्दा नपुग्दै सुर्योदयसगैँ आखैँ अगाडि देखिएका अन्नपूर्ण साउथ, हिमचुली, माछापुच्छ«े अनि मार्दी हिमाल एकटक धीत मरुन्जेल नियाले । साथीहरु भने हिमालतिर क्यामरा ते¥साएर फोटो कैद गर्नमै व्यवस्त थिए । हामीले हाइ क्याम्बबाट ल्याएको चिया अनि बिस्कुटसगैँ न्यानो घामको स्पर्शले आङ न्यानो भएको थियो । साथी निशालाई टाउको दुख्न लागेको र एल्टीच्युट सिकनेश लाग्न सक्ने सम्भावना भएकाले हामीले एकछिन त्यही आराम गरेर फर्कने सोचमा थियौँ । पछि केही विशेक भएपछि भने हामी बेस क्याम्पसम्मै पुग्ने भयो । इजराइलबाट एकल नेपाल घुम्न आएकी हिला साभासगँ हाम्रो भेट भयो । भ्यु पोइन्टबाट करिब दुई घण्टामा हामी ४५०० मिटर उचाइमा रहेको बेस क्याम्पमा पुग्दा खुसीको सिमा ने भएन ।
अपर भ्यु पोईन्टमा हामी 😊😍।।

 केही थान फोटोसगैँ बाकीँ रहेको हिउ खेल्दै बिस्तारै र्फक्याँै । आङै सिरिङ्ग हुने भीरहरु, फर्कदा पो थाहा भयो । बिहानमा निष्पट अन्धकारमा हिडेको बाटो यस्तो होला भनेर साथी सन्दीपालाई पत्यार लागेन । जे होस सकुशल एघार बजेतिर हाइ क्याम्पमा आइपुग्यौँ । केहीबेर आराम गरेर हामी लो क्याम्पको बाटो लाग्यौँ । ओरालो बाटो, सोचे जति सजिलो पनि हुन्न । धैरे भार घुडाँलाई पर्ने भएकाले खुट्टा बेस्सरी कापिरहेको थियो । थकान, त्यही माथि भोकले आकुल व्याकुल भएको ज्यान । लन्च लो क्याम्पमै लिने सोचमा हामी अघि पाइलाहरुलाई द«ुत गतिमा सारिरह्यौँ ।

कुहिरोभित्र लुकामारी खेल्दै हाइ क्याम्प ।।
अस्ति जादाँ लन्च गर्नेे लो क्याम्पाको एक होटलमा करिब दुई बजे आएर खाना खायौँ । थकान अनि भोक मेट्न कोही साथी नुडल सुप त कोही खाना खाएँ । मिठो खाना खाएर आराम गदाँ अबेर भयो । अझै हाम्रो आजको गन्तव्य फरेष्ट्र क्याम्प पुग्न करिब दुई घण्टा हाराहारी लाग्ने निश्चित थियो । खाना पछि झन के हिड्न सक्नु । जर्बजस्त ज्यानलाई तानेर साझँ फरेष्ट्र क्याम्प आइपुग्यौँ तर सबै रुमहरु प्याक । थाकेर लखतरन ज्यानलाई डाइनिङमै पल्टिम भइरहेको थियो । धन्न एउटा कमन रुममा व्यवस्था भयो । बेलुका चिज आलु अनि चिया खाएर आराम गरेको ज्यान कति बेला निदाइएछ पत्तै भएन ।
भेडीगोठमा गोठाला दाई ।।


आजको यात्राको अन्तिम दिन । कस्तो सन्जोक आजै बहिनी नीताको जन्मदिन । बिहानको बे्रकफास्टसगैँ त्यहीँ तयार पारेको केक काटेर बहिनीको जन्मदिन हामीले भव्य रुपमा मनायौँ । करिब आठ बजे यात्रालाई सुरुवात गदैँ अघि लाग्यौँ । घना जङ्गल छिचोल्दै लम्किरहेका पाइलाहरु अनि चिरबिर चराहरुको आवाजमा हराइरहेका हामी, कहिले खुला आकाश त कहिले कुहिरोभित्र लुकामारी खेल्दै अघि बढ्यौँ हामी । बीचबाटोबाट ल्वाङ गाउँ अनि लान्द«ुक गाउँ जाने बाटोहरु छुटिन्छन् । हामी भने पृतम देउराली जाने बाटो पछ्याउदै अघि लाग्यौँ । आज ठीक विपरीत हुदैँ थिया,े हामी यात्रालाई बिट मारेर फर्कदै थियौँ त अरु भर्खर यात्रा सुरु गदैँ । बाटामा भेटिने यात्रीहरु नमस्ते, हाई, हेल्लो त कोहीसगँ त लामै बातचित पनि हुन्थ्यो । विभिन्न देशका मानिसहरुसगँ जोड्ने अबसर मिलाइदिने यस मार्दी पदयात्राप्रति मनैबाट नतमस्तक थियौँ हामी । दिउसो देउराली आएर मिठो खाना लिएर एकछिन आराम ग¥यो । कोही मोबाइल चार्ज गर्न हतार थिए त कोही नेटवर्कको खोजीमा यताउता भौतारिए । करिब तीन दिन सामाजिक सञ्जाल र दैनिक सेडुलबाट टाढा हुदैँ प्रकृतिको समीपमा हराउन पाउनु आफैँमा सौभाग्य पनि ठाने । सिढीँको बाटो ओर्लिदै पोथानाबाट दाहिने अष्ट्रेलियन क्याम्पको उकालो चढ्यौँ ।
ढुङ्गे घरहरुको धम्पुस गाउँ ।।

 करिब एक वर्ष पहिला घान्द«ुकबाट अष्ट्रेलियन क्याम्पसम्म यहीा साथीहरुसगँ पैदलयात्रा गर्दा अबेर आठ बजे जङगलको बाटो छिचोलेको फ्याल्स ब्याक भयो । ताजै थिए ती स्मरणीय घान्द«ुक पदयात्राका दिनहरु । करिब एक घण्टाको ओरालो बाटो लागेर काडेँ आएर म पोखरा लागे भने साथीहरु दसैँ मनाउन बाग्लुङतिर ।
मान्छे चिन्नुस पुरस्कार जित्नुस् 😉😉 ।।


छोटो समयमा हिमालको सामिप्यमा रमाउनेहरुका लागि सबभन्दा उत्तम गन्तव्य लाग्यो मार्दी पदयात्रा । करिब चार देखि पाँच दिनमै विभिन्न सुन्दर गाउँहरु ल्वाङ, घलेल, सिदिङ, धम्पुस घुमेर त्यहाँका रीतिरिवाज, रहनसहन बुझ्न पाउनु यो यात्राको एउटा सुन्दर पाटो छ भने आखैँ अगाडि मनै लोभ्याउने वनजङगल अनि विभिन्न चराचुरुङगीको चिरबिर आवाजमा रम्दैँ माछापुच्छ«े, मार्दी, अन्नपूर्ण साउथ र हीमचुलीको काखमा आफैँलाई हराउन पाउनु अर्को विशेष पाटो रहन्छ यो यात्रा । एभरेष्ट र अन्नपूर्ण क्षेत्रमा मास टुरिजम भएसगैँ यो एक वैकल्पिक पदयात्रा भए पनि पर्याप्त रुपमा होटलमा बस्न, खानाको व्यवस्था, उचित फोहोर व्यवस्थापन र गैरकानुनी रुपमा वन फडानी गरी निमार्णघीन होटलहरुलाई समयमै नियन्त्रण जस्ता कार्यहरुमा सरोकारवालाहरुले समयमै ध्यान पु¥याउन जरुरत छ । कति ठाउँमा कठिन बाटाहरु छिचोल्दै अघि बढ्नु पर्ने हुदाँ सकभर मनसुन र जाडो मौसममा एक्लै यात्रा गर्दा जोखिमपूर्ण बन्न सक्छ । नेपाल स्र्वगको टुक्रा होइन यो सिङ्गो स्र्वग नै हो । जय पर्यटन ।।
मार्दी बेस क्याम्पमा एक बालक 😉 ।।



केही होटलहरु अनि सम्पर्क नं यहाँ समावेश गरेको छु । प्राय होटलहरु प्याक हुने भएकाले समयमै रुम बुक गर्नु उचित रहन्छ ।

हाइ क्याम्प ः

१ होटल ट्रेर्कस प्याराडाइज एण्ड रेष्टुरा

०६१६९६६६८ ९८५६०८७६२५ ९८४६०८७६२४

२ होटल हाइ क्याम्प एण्ड रेष्टुरा

०६१६९६८३९ ९८४६२८४८५९ ९८६६०१४५५८

३  होटल फिस्टेल एण्ड रेष्टुरा

०६१६९६९४५ ९८५६०१४७६५ ९८६९१४३९४०

बादल डाडा

१ होटल लक्की भिउ एण्ड रेष्टुरा

०६१६२००४१ ९८६६०६१९९५ ९८१४१५७७३२

लो क्याम्प

१ होटल माछापुच्छे« सम्झना एण्ड रेष्टुरा

०६१६९६८७५ ९८५६०३१९०३ ९८४६४१८५७५

२ होटल लालीगुँरास र्गाडेन एण्ड रेष्टुरा

०६१६९६८८३ ९८४६०८७६२६ ९८४६१८३५८३


रेष्ट क्याम्प

१ होटल रेष्ट क्याम्प एण्ड रेष्टुरा

०६१६९६५३५ ९८५६०१४४२८ ९८४६१८३५८३

फरेष्ट क्याम्प

१ होटल फरेष्ट क्याम्प एण्ड रेष्टुरा

९८४६६१९१४६

२ होटल ग्रीन भिउ एण्ड रेष्टुरा

९८०६५३६९०४ ९८१७१२११८०

३ होटल मार्दी एण्ड रेष्टुरा

९८०६६३५८८१ ९८४६८२०००७

सिदिङ

होटल टे«क्रस होम इन

०६१६९६६८ ९८४६०८७६२५ ९८४६०८७६२४

कालीमाटी

मार्दी हिमाल इको भिलेज

०६१६९६४३६ ९८५६०३४८९९
सुन्नुस न जानू अघि चिया पिएर त जानुस् 😊😉 ।।




Post a Comment

0 Comments