साइकलमा सिन्धुलीगढी घुमेर हेर्दा

दिवश गुरुङ, पोखरा



उकालोको मिठास 😊



विश्वव्यापी रुपमा ब्रिटिसको आपनो साम्राज्य फैलायो । २ सय ५० वर्ष पहिले नेपालको सिन्धुलीगढीसम्म आइपुग्दा नेपालका योद्धाहरुले वीरता देखाई नेपाल भुमीको रक्षा गर्न सफल भएको हामीले पढ्यौँ ।
   वि.सं १८२४ कात्तिकमा इस्ट इण्डिया कम्पनीका कप्तान किनलोनको नेतृत्वमा करिब २ हजार ४ सय अंग्रेज फौज आए । पृथ्वीनारायण शाहको फौजका बंश गुरुङको नेतृत्व नेपाली फौजले सिन्धुलीगढीबाट उनीहरुलाई भगाएका बताइन्छ। त्यही ऐतिहासिक विजयको दिनको सम्झना र ती वीर योद्धाहरुको सम्मान स्वरुप २५० औं वर्षगाँठको अवसरमा हामी सिन्धुलीगढी पुग्यौँ । त्यो पनि साइकलमा । राइड टु सिन्धुलीगढी साइकलयात्रा कमलामाई नगरपालिकाको समृद्ध सिन्धुली अभियानले संयोजक गरेको थियो ।
राष्ट्रिय झण्डा अनि राष्ट्रियता !


पोखराको प्रतिनिधित्व गर्दै म, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष तीर्थराज अवस्थी दाई र लोक थापा सर काठमाडौैं पुग्यौं ।कात्तिक २३ गते तीनकुनेमा अबस्थित रोयल ए वान ब्यान्केवटबाट उपराष्टपति नन्दबहादुर पुनले कार्यक्रमको उद्घाटन गरे । उनैको शुभकामना लिएर साइकल यात्रीको टोली सिन्धुली हानियो । हामी १५० जनाभन्दा बढी साइकलयात्री थियौँ र नेतृत्व गर्दै हुनुहन्थ्यो विश्व साइकलयात्री पुष्कर शाहले ।
ठाउँ ठाउँमा स्वागत र सम्मानले मन पानीपानी भएको थियो । स्थानीयले हौसलाका लागि पञ्चेबाजा बजाएर स्वागत गर्दा हामी घरि भावुक त घरि उत्साही हुदैँ अघि बढ्यौँ ।

राष्टिय परियोजनामा पर्न सफल बनेपा बर्दिबास बिपी राजमार्ग राजधानीलाई पुर्वी तराईसँग जोड्ने एकमात्र छोटो राजमार्ग हो । त्यही राजमार्गमा प्रकृतिसँग रमाउँदै साइकलमा पेडल ठेल्दै अघि बढ्यौँ ।

साइकलमा रम्दै साइकले दाइ तीर्थ !

नागबेली राजमार्गमा साइकल कुदाउदैँ, मनोरम प्राकृतिक  सुन्दरतासँग मन भुलाउँदै, सुनकोसीको तिरैतिर शीतल बतासको स्पर्श लिदाँको आनन्द व्यक्तै गर्न नसकिने खालको थियो  ।
मंसिरमा घरभित्र हुल्न तम्तयार खेतमा झपक्क झुलेका धानका बालाहरु, कतै आलु अनि गहुँ छर्न तम्तयार किसान र उनीहरुको हौसलाले हामीलाई पनि हौसायो । हामी मनमन भन्यौँ, यही हो असली नेपाल, यही हो असली नेपालको स्वाद, यही हो नेपाली हुनको गर्व । अझै मनमनै सोचे, हामीले नेपाल देखेकै छैनौँ । नक्सामा देखिएको नेपाल र घुमेर हेर्दाको नेपालको हामीले अनुमानै गर्न सक्दैनौं । जब हामीले नेपालै बुझ्न सक्दैनौं भने कसरी नेपाल चिनाउन सक्छौं । हामीले नेपालको स्वाद लिएका छैनौं भने कुनै विदेशी पाहुनालाई कुन मौलिक स्वादले लोभ्याउन सक्छौं ।

वीपी राजमार्गमा सुन्दर तस्वीर !


निर्धारित समयभन्दा केही ढिला कार्यक्रम सरु भएको थियो । त्यसैले बिहानको खाना दिउसो ४ बजे मात्र खायौं रामटारमा । खाना खाइवरी साइकलको रफ्तार बढाउने समय अध्यारो भइसकेको थियो । शितलपाटी खाल्टे पुग्दा शीतलपाटी स्वास्थ्य चौकीले गरेको स्वागतले साइकलयात्रीहरुलाई शितलता दियो । सुनकोसी र तामाकोसीको संगम स्थल अलि तल खुर्कोट हाम्रो पहिलो दिनको गन्तव्यस्थल बन्यो ।
विश्व साइकलयात्री पुष्कर शाह साइकलयात्री मात्र हैनन्, थप्रै कलाहरु छन् उहाँसगँ जुन कलाले धेरैलाई लोभ्याउँछ । पुष्कर दाई गीत गाउन पनि खप्पिस छन् । रमाइला किस्सा सुनाएर हँसाउन पनि सिपालु छन् । पुष्कर दाईको त्यही क्षमताको साक्षी बन्यौं यो रात हामी । त्यसैको साक्षी बन्यो खुर्कोट बजार पनि । अनि खुर्कोट संगीतमय बन्यो ।

दोस्रो दिन अर्थात २४ गते बिहानै खुर्कोट जाग्यो, हामी पनि जाग्यौं । वार्म अप बिहान गरे पछि साढे ७ बजे खुर्कोटसगँ बिदा लिएर हामी लाग्यौं सिुन्धली ।
बिहानको पारिलो घाम, चिसो मन्द बतासको स्वाद लिँदै हामी कुदिरह्यौं साइकलमा । कतै उकालो त कतै ओरालो बाटो छिचोल्दै तल्लो बरा, धर्मी, माथिल्लो बरा हुदै खनियाखर्क पुग्दा बिहानको घडीले १० बजायो । बाटोमा ठाउँठाउँमा हामी स्थानियको स्वागत देखेर नरोकिइ बस्न सक्दैनथ्यौं । हामी रोकियौं, आत्मीयता साट्यौं ।  तिर्खा मेटाउने पानी, जुसले स्थानीयले नै दिन्थे, आफन्ती स्वाद बाटोभरि लिइरह्यौं र हामी ऐतिहासिक सिन्धुलीगढी आइपुग्यौं । सिन्धुलीगढी स्वागतद्धारमा पग्दा लाग्यो, यो अद्भत खुसी र सुखको द्धार हो । लाग्यो, दुखलाई यही द्धारमा छाडेर मात्र भित्र छिनुपर्छ । सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कतिमा राम्रो दरबार मार्यो नि मायाले मार्यो भन्ने गीत सम्झन पुगे । गाएँ मनमनै पनि । सिन्धुलीगढीमा मानिसहरुको घुइँचो थियो । त्यो घुइँचो मानिसहरुको थिएन, विजय उत्सव मनाउन आइपुगेका मानिसहरुको झुण्ड थियो । हामी खानापछि एकैछिन आराम गर्यौं । कमलामाई नगरपालिकाले आयोजना गरेको यस कार्यक्रमको उद्घाटन राष्टपति विद्यादेवी भण्डारीले गर्नुभयो ।

सिन्धुलीगढीमा राष्ट्रिय झण्डोत्वलन!


कार्यक्रमको सुरुवातसँगै वीर गोर्खाली हाम्रा पुर्खाले लडेको लडाईलार्इृ स्मरण गराउने नाटक प्रस्तुति भयो । नाटकले धेरैलाई आफ्ना पुर्खा सम्झाएर जरकजरुक बनायो ।
राष्टपति भण्डारीले झण्डोतोलनसँगै नेपाललाई विश्वमा चिनाउने गढी भएकाले यसको संरक्षणमा सबै पक्षले ध्यान दिनपर्नेमा बोल्नेहरुले जोड दिए । यहाँ कृषि, पर्यटन, जलविद्धत लगायत धेरै क्षेत्रमा सम्भावना छ । बोल्नेहरुले पनि यही रेडिमेट कुरामा जोड दिए । सिन्धुलीगढीलाई मनको गढीमा राखेर हामी फर्कियौं ।
करिब १९ किमी यात्रा तय गर्दै चियाबारी, डुडग्रेबासका विभिन्न ठाउँहरु पग्यौं । गढीको फेदीमा अवस्थित मनमोहक देखिने सिन्धुलीमाढीस्थित प्रगतिशील केन्द्रको काखमा पग्यौैं । हामी रमायौं काखमा, अझ रमाइलो थप्यो स्थानीय संघसंस्था, व्यवसायीहरुको स्वागत र सांगीतिक कार्यक्रमले ।

तेस्रो दिन अर्थात २५ गते हामी बिहानै करिब ७ बजे सिन्धुलीमाढी मैदानमा जम्मा भएर रक्तामाला मन्दिर दर्शन गर्न पुग्यौं । त्यहाँ स्थानीयवासीको स्वागत सँगसँगै बिहानको नास्ता खाएर विश्वमवर लामिछाने सरको रुट आर्ट ग्यालरी अवलोकन गर्न पुग्यौं । विभिन्न रुखको जराबाट निर्मित जराको कलाको महत्वको बारेमा बताउँदै यसलाई राष्टिय स्तरमा नै प्रचारप्रचार गर्दै संरक्षणमा जोड दिनुपर्ने उहाँको जोड थियो ।
साइकलेहरुलाई भव्य स्वागत सिन्धुलीमाढी !


सिन्धुलीमाढी मैदानमा फक्र्यौ र सबै साइकललाई गाडीमा राखेर राजधानी यात्रामा निस्कियौं । बिहानको खाना मुल्कोटमा खाएर राजधानीमा आइपग्दा करिब ८ बजेको थियो । अनि सबैलाई बिदाई गर्दै हामी पनि आ आफ्नो घर लाग्यौं ।

ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिपर्ण सिुन्धली विश्वका कनै सुन्दर टुक्राभन्दा कम छैन । तर, यसले अझै न्याय पाएको छैन । नेपाल यात्राको क्रममा घुमिसकेका करिब ४० जिल्लाको यात्रामध्ये यो यात्रा मनभित्र सधैं शीर्र्षस्थानमा आइरहनेछ । प्रिय सिन्धुलीगढी अर्को वर्ष फेरि भेटौँला ।
गन्तव्य तर्फ रफ्तारमा ....


गुडबाइ ।

Post a Comment

0 Comments