साइकलमा बारपाक
दिवस गुरुङ
२०७४ पुस २९ गते शनिबार । तनहूँको आँबुखैरेनीदेखि गोरखाको बारपाकसम्म साइकल यात्रामा पुग्ने आँट गरेरै निस्किएँ । साधुरो कालोपत्रे उध्रिएको, अप्ठयारा घुम्तीहरु धेरै भएको उकालोओरालो बाटो हुँदै गोरखा बजारसम्म २४ किलोमिटर यात्रा तय गर्न साढे तीन घण्टा लाग्यो । पहिलो दिन गोर्खामा बास बसियो ।
दोस्रो दिन बिहानैदेखि म र विरेन्द्र श्रेष्ठ दाइको संयुक्त साइकल यात्रा अघि बढ्यो । शुरुमा गोरखा बजार तथा गोर्खा दरवार घुमेर गोरखकाली मन्दिरको दर्शन गरियो । क्षतिग्रस्त दरवारको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहको देख्दा मन अलि हलुङ्गो भयो । त्यसपछि हामी नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको सम्झनामा निर्मित भीमसेन पार्कमा पुग्यौँ । त्यहाँबाट चिसो मौसम, हुस्सुलाई बेवास्ता गदै म पहिलो पटक र विरेन्द्र दाई चौथो पटक साइकलबाट बारपाकतिर हानियांै ।
हामी कोखे आहाले भञ्जाङमा चियाको चुस्कीको लागि रोकियौँ । त्यहाँ पृथ्वीनारायण शाहले नुवाकोट राज्यसँगको पराजयपछि भारतबाट हातहतियार निर्माण र मर्मतमा पोख्त मुसलमानहरु झिकाई बसालेको मुसलमान बस्ती रहेछ । नास्तापछि ओरालो बाटो शिखर, निबेल हुदै दरौंदीको पुल कटेर भालुस्वाँरा पुग्यौं । दरौंदीको तिरैतिरका खेतमा ढकमक्क तोरी फुलेको हेर्दै हामी अघि बढ्यौँ ।
बाटामा भेट्दा सोध्नेहरुलाई हामी बारपाकसम्मको यात्रामा हिँडेको जवाफ जवाफ दिँदा उनीहरु जिब्रो टोक्थे । कोहीले हामीलाई विदेशी टुरिष्ट पनि सम्झन्थे । कच्ची बाटो भएकाले ट्रयाक्टर, ट्रिपर अनि ट्रकले उँडाएको धुलो खाँदै चनौटेमा पुगेर खाना खायौँ । त्यसपछि झ्याल्ला, ढोडेनी, बालुवा हुदै राङरुङ पुग्दा झमक्क साँझ परिसकेको थियो । खानामा कोदाको ढिंडो र लोकल कुखुराको झोलिलो मासुले ज्यान ततायौं । अनि लुपुक्क निदायौं ।
तेस्रो दिन बिहानै चियासँग कोदाको रोटी नास्ता गरेपछि यात्रा शुरु भयो । दुई घण्टाको कठिन उकालो बाटोलाई छिचाल्दै करिव १० बजे मान्दे्रको चिया पसलमा पुग्यौं । मान्दे्र एउटा सानो चिटिक्क परेको गुरुङ गाउँ रहेछ । कतै ढलान गरिएका र कतै जस्तापाताले छाएका घरहरु थिए । धेरैजसो चाहिँ अस्थायी टहराहरु नै देखिए ।
चिया पसले दिदीको भूकम्पका पीडाको कथाले मलाई मन छोयो । भूकम्पले ढालेको तीन वर्ष पुग्न लाग्दा पनि घर बनाउन नसकी अस्थायी टहरामा बसिरहेकी उनी भन्दैथिइन्, “ऋण काढेर घर बनाऊँ भने साहूले पत्याउँदैनन्, आफूसँग पैसा छैन । अनि केले बनाउनु घर ।”
उनले भूकम्प भोग्दाको अनुभव सुनाउँदै भनिन्, “म त करेसाबारीमा लसुन गोड्दै थिएँ बाबु । एक्कासि जमिन हल्लियो । सबै घरहरु गर्लामगुर्लुम ढले । म आत्तिएँ । पहिला दुई छोराछोरी खोज्न दौडिएँ । उनीहरु दुवैलाई सकुशल भेट्दा खुसी लाग्यो । पानीको पाइप विछ्याउन गएका श्रीमान्लाई केही भयो कि भन्ने चिन्ता थियो । उहाँ पनि सही सलामत फर्किनुभयो । त्यसपछि मात्र ढुक्क भएँ ।”
उहाँका भोगाइ सुन्दै चिया सकेपछि हाम्रो यात्रा अगाडि बढ्यो । पारीको सुन्दर घ्यालचोक गाउँ नियाल्दै दिउँसो एक बजेतिर गन्तव्य बिन्दु बारपाक पुग्यौ । तोरी फुलेर पहेंलै भएका बारीका सुर्काहरुको बिशाल क्यानभासका बीच गाउँको भव्यता देखिन्थ्यो । तीन÷चार सय घरधुरी रहेको घान्दु्रक र सात सय घरधुरीको सिकलेस भन्दा ठूलो बारपाकमा १२ सय घरधुरीले झुम्म परेको बस्ती सारै सुन्दर थियो ।
त्यति सुन्दर गाउँ धीत मर्नेगरी नियालेपछि सोचें– साँच्चै भूकम्पअघिको पुरानो बारपाक अझ कति सुन्दर थियो होला ! मनमा यस्तै कुराहरु खेलाउदै गाँउ प्रवेश गरियो । त्यहाँ श्री हिमालयन माध्यमिक विद्यालयको प्राङ्गणमा माघे ल्होसारको कार्यक्रम मनाइँदै रहेछ । गुरुङ तथा घले समुदायका मानिसहरु आ–आफना भेषभुषामा भेला भई रमाउँदै थिए ।
चाडबाडको कारण होमस्टेमा बस्ने रहर पुरा हुन सकेन । हामी गिरिजा घले दाइको होटेलमा बास बस्न पुग्यौं । गाउँको सिरानमा रहेको कोटडाँडा बिसौनी चौतारीमा पुगेर फरक फरक कोणबाट बारपाकको सुन्दरता चाख्यौँ । पृष्ठभूमिमा टल्किरहेको बौद्ध हिमाल र गाउँलाई क्यामरामा कैद ग¥यौँ । गाउँमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा दुई वर्षअघि शिलान्यास भएको भूकम्प स्मृति पार्क अझै निर्माण नभएको देख्दा ज्यादै दुःख लाग्यो ।
हामी विद्यालयमा भएको ल्होसारको कार्यक्रममा पनि सहभागी भयौ । त्यहाँका स्थानीय बासिन्दाहरु घले, गुरुङ र दलित समुदाय सबैले आफ्नो परम्परा र संस्कृति अनुसारका नृत्य सहित ल्होसारको शुभकामना आदानप्रदान गरे । सबै संस्कृतिको स्वाद एकै थलोमा पाउँदा मन रोमाञ्चित भयो । यहाँ आएका केही राष्ट्रिय कलाकारहरुले माहोल तताएपछि ल्होसारको उत्सव झमक्क रात पर्दासम्म चल्यो । हामीले भने खानापछि आफ्ना थकित ज्यानलाई सिरकभित्र लुकायौँ । कतिबेला निदाइएछ पत्तै भएन ।
चौथो दिन बिहानै भुकम्पका पीडा सुन्न हामी ग्याल्मो मामाको घरमा पुग्यौं । उहाँले आफ्नो पीडाको पहाड बिसाउनुभयो । भूकम्पमा उहाँ आफ्नै घरभित्र पुरिनुभएको रहेछ । घाइते अवस्थामा पनि आफै निस्केर उहाँले आमा, बुवा अनि सिंगो परिवारलाई खुला ठाउँमा सारेर बचाउनु भएको रहेछ । त्यसपछिको भोगाइ भने दुखान्त थियो ।
मामाले भन्नुभयो, “छेवैको घरमा आगो बालेको थियो । त्यही आगो सल्केर हाम्रो समेत ६÷७ बटा घरहरु ह्ेर्दाहेर्दै खरानी भए । जिउमा एक जोर कपडा बाहेक केही थिएन । उता ससुरालमा सासुआमा, बुहारी र सानी नानी गरी तीन जनाको ज्यान गएछ ।”
स्कुलको चउरमा टेन्ट लगाएर बस्दाका पीडादायी दिनहरु सम्झेर उहाँले सुनाएका कथा त्यत्तिकै कारुणिक थिए । ऋण काढेर चारकोठे पक्की घर बनाए पनि उहाँ त्यो ऋण तिर्ने उपायको अभावमा उत्तिकै पिरोलिइरहनुभएको थियो । बारपाकमा भूकम्पपछि यस्तै पीडाका कथाहरु नयाँ पहाड नै उभिएको थियो जुन बिस्तारै पल्टिंदैछ । असीम पीडाका बीच पनि बारपाकबासीहरुको धैर्य मिसिएको मुस्कानलाई मैले मनमनै प्रशंसा गरे ।
हामी साइकललाई बारपाकमै छाडेर लाप्राकतिर ट्रेकिङ्मा गयौं । उकालो सिंढीमा छापेका ढुङ्गाका बाटाहरु टेक्दै चिसो मौसममा ज्यान तताउँदै र तन्काउँदै हामी माम्चे पुग्यौँ । तर त्यहाँ भएको एक मात्र होटल पनि बन्द थियो । त्यसपछि निला घरका छानाहरु टल्किइरहेको गैरआवासीय नेपाली संघको सहयोगमा धमाधम निर्माण भइरहेको “लाप्राक नमुना भिलेज” गुप्सीपाखा पुग्यौ ।
त्यहाँ बालमैत्री बगैँचा, खेलमैदान, स्वास्थ चौकी, हेली प्याडजस्ता अति आवस्यक पूर्वाधारहरु सहितका ६ सय ५० घर निर्माणमा नेपाली सेनाको टोली लगायतका अन्य कामदारहरु निरन्तर खटिइरहेका थिए । बस्तीको निमार्णकार्य तीब्र गतिमा भइरहेको थियो । लाप्राक गाउँको भौगोलिक अवस्था कमजोर भएकोले त्यो बस्ती सार्ने सरकारको योजना रहेछ ।
हामीले त्यस दिन बारपाकभन्दा पनि ज्यादा चिसो ठाउँमा धुन्नी गुरुङ आमाले अस्थायी टहराभित्र होटल चलाएको होटलमा मिठो खाना खायौं । हामीसँग कुराकानी गर्नकै लागि त्यो दिन उहाँ जंगलमा दाउरा लिन पनि जानु भएन । उहाँको बाँकी परिवार सबै तल गाउँ लाप्राकमा बस्दा रहेछन् । “मलाई तलमाथि गर्न गाह्रो हुन्छ बाबु, घर भत्केपछि बनाएको यही टहरोमा बसिरहेको छु”– उनले भनिन् ।
दुई वर्षअघि हिउँ पर्दा गुप्सीपाखामा दुःखका दुर्दिनहरु ऋझ कहालीलाग्दा थिए रे । त्यहाँ केही बेरको बिश्रामपछि हामी लाप्राक पनि पुग्यौं । पहिलापहिला आरुघाटबाट मनास्लु पदयात्रा शुरु हुनुअघि गोरखावजार, बारपाक, लाप्राक, सिङ्ला, ख्रोलाबेसी हुँदै मनास्लु पदयात्रा गरिन्थ्यो रे । लाप्राकमा एउटा विद्यालय रहेछ, मनिकम देवी मावि । हामी जाँदा त्यो विद्यालय खुलै थियो ।
गाउँका सामाजिक अभियन्ता तथा धार्चे–४ का वडाअध्यक्ष राज गुरुङ्गलाई मैले पोखरामा गुरुङ्ग साहित्यिक कार्यक्रमपछि दोस्रो पटक लाप्राकमै भेट्ने मौका पाएँ । २०७२ बैशाख १२ को भुकम्पमा उहाँले आफ्नो नेतृत्वमा आपत्कालीन स्वयम्सेवक दस्ता बनाएर उद्दारमा सहयोग गनुृभएको थियो । भूकम्पका बेला जंगलमा घाँसदाउरा गर्न गएका ९ जनामध्ये ८ जना पहिरोमा पुरिएका थिए । भूकम्पले लाप्राकमा २४ जनाको ज्यान लिएको थियो ।
भूकम्पपछि गाउँका सबै परिवार घरबारबिहीन हुन पुगे । सबै गाउँले क्रृनुजिलुङ चउरका अस्थायी टहराहरुमा बसे । त्यो बेला पानी, शौचालय र सरसफाइको ठुलो समस्या खडा भयो । कतै महामारी फैलिहाल्ने हो कि भन्ने डर थियो । बिद्यालयका बिद्यार्थी चउरमै पढ्थे । घाम, वर्षात् र हिमपातको बेला पठनपाठनमा बाधा पुग्यो । बिद्यार्थी संख्या ८०० बाट घटेर ५५० मा झ¥यो ।
गाउँमा भूकम्पको पीडाका कथाहरु कारुणिक थिए भने त्यसले समाजमा ल्याएको सकारात्मक परिवर्तनका कथाहरु प्रेरणादायी । पहिले गाँउलेहरुमा मेलमिलाप र सहयोगी भावना कम थियो । भूकम्पपछि भत्किएका घरहरु बनाउन गाँउलेहरु परस्पर सहयोगी बने । एकै छानामुनि बसेर खाना बाडीचुँडी खान थाले । गाँउका युवा मिलेर स्वास्थ्य शिविर चलाए । ठूलो जनधन लिएर गएको भूकम्पले गाउँमा आपसी एकता, माया प्रेम, सहयोग र सद्भावको साइनो गाँसिदियो ।
दुःखले ल्याएको सुखद् परिवर्तनबारे राज गुरुङको चित्रण सुनेपछि मलाई धेरै नै आनन्द महसुस भयो । लाप्राक नमुना गाउँ बनेपछि गुरुङ संस्कृतिको जर्गेनासँगै होमस्टेको विकास गरी यसलाई सुन्दर पर्यटकीय गन्तब्य बनाउने वडाअध्यक्ष गुरुङको सपनाले अझ ऊर्जा थप्यो । लाप्राक गाउँको उत्साहजनक घुमघाम सकेपछि हामी गुप्सीपाखाकी धुन्नी गुरुङ आमाकै टहरामा बास बस्न आइपुग्यौँ ।
पाँचौं दिन बिहान नास्तापछि हामी गुप्सीपाखाबाट पैदल बारपाक ओल्र्यौं । बारपाकबाट साइकलमा मान्द्रे, राङरुङ, बालुवा हुदै फेरि भालुस्वाँरा आएर बास बस्यौँ । त्यहाँ दरौंदीको माछा चाख्न पाइयो । यसरी अलिकति टे«किङसँगै साइकिलिङको भरपूर आनन्द संगालेर छैटौं दिन हामी सकुशल गोरखा बजार आइपुग्यौँ ।
सातौं दिन बिहानै गोरखाका पत्रकार किरण लोहनीसँग कुराकानी गर्दै बारपाक र लाप्राकको साइकल यात्रा तथा भुकम्पको पीडाका कथाहरु स्थानीय च्वाइस एफएममार्फत् सार्वजनिक रुपमा पस्किएँ । भूकम्पपछि थला परेको बारपाक र लाप्राकको पर्यटन उकास्न साइकल पर्यटन महत्वपूर्ण हुने आफ्नो ठम्याइ राखेँ । स्वास्थ्य, बातावरण अनि पर्यटनका लागि साइकल चढ्न सबैलाई रेडियोमार्फत् आह्वान पनि गरें । समग्रमा एक हप्ताको आँबुखैरेनी–बारपाक साइकल तथा पदयात्रा मेरा लागि अत्यन्त अविस्मरणीय रह्यो ।
साइकलयात्राकै क्रममा मैले थाहा पाएको एउटा कुराले भने कताकता खल्लोपन महसुस भयो । भूकम्पको सम्झनामा २०७३ सालमा शुरु गरिएको “टुर दि बारपाक” अभियान नारामा मात्र सीमित भइरहेको रहेछ । पक्की सडकसँगै भूकम्प स्मृति पार्क, गुरुङ र घले सांस्कृतिक संग्राहलय, भ्यू टावर जस्ता पूर्वाधारहरुको निर्माण तथा होमस्टेको विकास गर्न सके २०७२ सालको भूकम्पको केन्द्रविन्दु बारपाक मात्र हैन, नजिकको रमणीय गाउँ लाप्राकको पनि भविष्य सुन्दर र समुन्नत देखिन्छ ।
अन्तमा मनभरि भूकम्पको पीडाका कथाहरुको भारी र काँधमा नयाँ आशा र उत्साहपूर्ण जिम्मेवारी बाकेर म पोखरा फर्किएँ । जय साइकल
दिवस गुरुङ
![]() |
राङरुङमा भेटिएका साथीहरु |
![]() |
भालुस्वाँरामा भाइबैनाहरु सगँ |
दोस्रो दिन बिहानैदेखि म र विरेन्द्र श्रेष्ठ दाइको संयुक्त साइकल यात्रा अघि बढ्यो । शुरुमा गोरखा बजार तथा गोर्खा दरवार घुमेर गोरखकाली मन्दिरको दर्शन गरियो । क्षतिग्रस्त दरवारको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहको देख्दा मन अलि हलुङ्गो भयो । त्यसपछि हामी नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको सम्झनामा निर्मित भीमसेन पार्कमा पुग्यौँ । त्यहाँबाट चिसो मौसम, हुस्सुलाई बेवास्ता गदै म पहिलो पटक र विरेन्द्र दाई चौथो पटक साइकलबाट बारपाकतिर हानियांै ।
![]() |
पृष्ठभूमिमा बारपाक |
हामी कोखे आहाले भञ्जाङमा चियाको चुस्कीको लागि रोकियौँ । त्यहाँ पृथ्वीनारायण शाहले नुवाकोट राज्यसँगको पराजयपछि भारतबाट हातहतियार निर्माण र मर्मतमा पोख्त मुसलमानहरु झिकाई बसालेको मुसलमान बस्ती रहेछ । नास्तापछि ओरालो बाटो शिखर, निबेल हुदै दरौंदीको पुल कटेर भालुस्वाँरा पुग्यौं । दरौंदीको तिरैतिरका खेतमा ढकमक्क तोरी फुलेको हेर्दै हामी अघि बढ्यौँ ।
![]() |
तोरी बारीको सुन्दरता |
बाटामा भेट्दा सोध्नेहरुलाई हामी बारपाकसम्मको यात्रामा हिँडेको जवाफ जवाफ दिँदा उनीहरु जिब्रो टोक्थे । कोहीले हामीलाई विदेशी टुरिष्ट पनि सम्झन्थे । कच्ची बाटो भएकाले ट्रयाक्टर, ट्रिपर अनि ट्रकले उँडाएको धुलो खाँदै चनौटेमा पुगेर खाना खायौँ । त्यसपछि झ्याल्ला, ढोडेनी, बालुवा हुदै राङरुङ पुग्दा झमक्क साँझ परिसकेको थियो । खानामा कोदाको ढिंडो र लोकल कुखुराको झोलिलो मासुले ज्यान ततायौं । अनि लुपुक्क निदायौं ।
![]() |
सुर्यास्त गोरखाबजार |
तेस्रो दिन बिहानै चियासँग कोदाको रोटी नास्ता गरेपछि यात्रा शुरु भयो । दुई घण्टाको कठिन उकालो बाटोलाई छिचाल्दै करिव १० बजे मान्दे्रको चिया पसलमा पुग्यौं । मान्दे्र एउटा सानो चिटिक्क परेको गुरुङ गाउँ रहेछ । कतै ढलान गरिएका र कतै जस्तापाताले छाएका घरहरु थिए । धेरैजसो चाहिँ अस्थायी टहराहरु नै देखिए ।
![]() |
सुन्दर बारपाक |
चिया पसले दिदीको भूकम्पका पीडाको कथाले मलाई मन छोयो । भूकम्पले ढालेको तीन वर्ष पुग्न लाग्दा पनि घर बनाउन नसकी अस्थायी टहरामा बसिरहेकी उनी भन्दैथिइन्, “ऋण काढेर घर बनाऊँ भने साहूले पत्याउँदैनन्, आफूसँग पैसा छैन । अनि केले बनाउनु घर ।”
उनले भूकम्प भोग्दाको अनुभव सुनाउँदै भनिन्, “म त करेसाबारीमा लसुन गोड्दै थिएँ बाबु । एक्कासि जमिन हल्लियो । सबै घरहरु गर्लामगुर्लुम ढले । म आत्तिएँ । पहिला दुई छोराछोरी खोज्न दौडिएँ । उनीहरु दुवैलाई सकुशल भेट्दा खुसी लाग्यो । पानीको पाइप विछ्याउन गएका श्रीमान्लाई केही भयो कि भन्ने चिन्ता थियो । उहाँ पनि सही सलामत फर्किनुभयो । त्यसपछि मात्र ढुक्क भएँ ।”
उहाँका भोगाइ सुन्दै चिया सकेपछि हाम्रो यात्रा अगाडि बढ्यो । पारीको सुन्दर घ्यालचोक गाउँ नियाल्दै दिउँसो एक बजेतिर गन्तव्य बिन्दु बारपाक पुग्यौ । तोरी फुलेर पहेंलै भएका बारीका सुर्काहरुको बिशाल क्यानभासका बीच गाउँको भव्यता देखिन्थ्यो । तीन÷चार सय घरधुरी रहेको घान्दु्रक र सात सय घरधुरीको सिकलेस भन्दा ठूलो बारपाकमा १२ सय घरधुरीले झुम्म परेको बस्ती सारै सुन्दर थियो ।
त्यति सुन्दर गाउँ धीत मर्नेगरी नियालेपछि सोचें– साँच्चै भूकम्पअघिको पुरानो बारपाक अझ कति सुन्दर थियो होला ! मनमा यस्तै कुराहरु खेलाउदै गाँउ प्रवेश गरियो । त्यहाँ श्री हिमालयन माध्यमिक विद्यालयको प्राङ्गणमा माघे ल्होसारको कार्यक्रम मनाइँदै रहेछ । गुरुङ तथा घले समुदायका मानिसहरु आ–आफना भेषभुषामा भेला भई रमाउँदै थिए ।
चाडबाडको कारण होमस्टेमा बस्ने रहर पुरा हुन सकेन । हामी गिरिजा घले दाइको होटेलमा बास बस्न पुग्यौं । गाउँको सिरानमा रहेको कोटडाँडा बिसौनी चौतारीमा पुगेर फरक फरक कोणबाट बारपाकको सुन्दरता चाख्यौँ । पृष्ठभूमिमा टल्किरहेको बौद्ध हिमाल र गाउँलाई क्यामरामा कैद ग¥यौँ । गाउँमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा दुई वर्षअघि शिलान्यास भएको भूकम्प स्मृति पार्क अझै निर्माण नभएको देख्दा ज्यादै दुःख लाग्यो ।
![]() |
बारपाके साथीहरु |
हामी विद्यालयमा भएको ल्होसारको कार्यक्रममा पनि सहभागी भयौ । त्यहाँका स्थानीय बासिन्दाहरु घले, गुरुङ र दलित समुदाय सबैले आफ्नो परम्परा र संस्कृति अनुसारका नृत्य सहित ल्होसारको शुभकामना आदानप्रदान गरे । सबै संस्कृतिको स्वाद एकै थलोमा पाउँदा मन रोमाञ्चित भयो । यहाँ आएका केही राष्ट्रिय कलाकारहरुले माहोल तताएपछि ल्होसारको उत्सव झमक्क रात पर्दासम्म चल्यो । हामीले भने खानापछि आफ्ना थकित ज्यानलाई सिरकभित्र लुकायौँ । कतिबेला निदाइएछ पत्तै भएन ।
![]() |
बौद्ध हिमाल |
चौथो दिन बिहानै भुकम्पका पीडा सुन्न हामी ग्याल्मो मामाको घरमा पुग्यौं । उहाँले आफ्नो पीडाको पहाड बिसाउनुभयो । भूकम्पमा उहाँ आफ्नै घरभित्र पुरिनुभएको रहेछ । घाइते अवस्थामा पनि आफै निस्केर उहाँले आमा, बुवा अनि सिंगो परिवारलाई खुला ठाउँमा सारेर बचाउनु भएको रहेछ । त्यसपछिको भोगाइ भने दुखान्त थियो ।
मामाले भन्नुभयो, “छेवैको घरमा आगो बालेको थियो । त्यही आगो सल्केर हाम्रो समेत ६÷७ बटा घरहरु ह्ेर्दाहेर्दै खरानी भए । जिउमा एक जोर कपडा बाहेक केही थिएन । उता ससुरालमा सासुआमा, बुहारी र सानी नानी गरी तीन जनाको ज्यान गएछ ।”
स्कुलको चउरमा टेन्ट लगाएर बस्दाका पीडादायी दिनहरु सम्झेर उहाँले सुनाएका कथा त्यत्तिकै कारुणिक थिए । ऋण काढेर चारकोठे पक्की घर बनाए पनि उहाँ त्यो ऋण तिर्ने उपायको अभावमा उत्तिकै पिरोलिइरहनुभएको थियो । बारपाकमा भूकम्पपछि यस्तै पीडाका कथाहरु नयाँ पहाड नै उभिएको थियो जुन बिस्तारै पल्टिंदैछ । असीम पीडाका बीच पनि बारपाकबासीहरुको धैर्य मिसिएको मुस्कानलाई मैले मनमनै प्रशंसा गरे ।
![]() |
लाप्राक ट्रेेकिङ |
हामी साइकललाई बारपाकमै छाडेर लाप्राकतिर ट्रेकिङ्मा गयौं । उकालो सिंढीमा छापेका ढुङ्गाका बाटाहरु टेक्दै चिसो मौसममा ज्यान तताउँदै र तन्काउँदै हामी माम्चे पुग्यौँ । तर त्यहाँ भएको एक मात्र होटल पनि बन्द थियो । त्यसपछि निला घरका छानाहरु टल्किइरहेको गैरआवासीय नेपाली संघको सहयोगमा धमाधम निर्माण भइरहेको “लाप्राक नमुना भिलेज” गुप्सीपाखा पुग्यौ ।
त्यहाँ बालमैत्री बगैँचा, खेलमैदान, स्वास्थ चौकी, हेली प्याडजस्ता अति आवस्यक पूर्वाधारहरु सहितका ६ सय ५० घर निर्माणमा नेपाली सेनाको टोली लगायतका अन्य कामदारहरु निरन्तर खटिइरहेका थिए । बस्तीको निमार्णकार्य तीब्र गतिमा भइरहेको थियो । लाप्राक गाउँको भौगोलिक अवस्था कमजोर भएकोले त्यो बस्ती सार्ने सरकारको योजना रहेछ ।
हामीले त्यस दिन बारपाकभन्दा पनि ज्यादा चिसो ठाउँमा धुन्नी गुरुङ आमाले अस्थायी टहराभित्र होटल चलाएको होटलमा मिठो खाना खायौं । हामीसँग कुराकानी गर्नकै लागि त्यो दिन उहाँ जंगलमा दाउरा लिन पनि जानु भएन । उहाँको बाँकी परिवार सबै तल गाउँ लाप्राकमा बस्दा रहेछन् । “मलाई तलमाथि गर्न गाह्रो हुन्छ बाबु, घर भत्केपछि बनाएको यही टहरोमा बसिरहेको छु”– उनले भनिन् ।
दुई वर्षअघि हिउँ पर्दा गुप्सीपाखामा दुःखका दुर्दिनहरु ऋझ कहालीलाग्दा थिए रे । त्यहाँ केही बेरको बिश्रामपछि हामी लाप्राक पनि पुग्यौं । पहिलापहिला आरुघाटबाट मनास्लु पदयात्रा शुरु हुनुअघि गोरखावजार, बारपाक, लाप्राक, सिङ्ला, ख्रोलाबेसी हुँदै मनास्लु पदयात्रा गरिन्थ्यो रे । लाप्राकमा एउटा विद्यालय रहेछ, मनिकम देवी मावि । हामी जाँदा त्यो विद्यालय खुलै थियो ।
![]() |
निर्माणधीन " लाप्राक नमुना भिलेज " |
गाउँका सामाजिक अभियन्ता तथा धार्चे–४ का वडाअध्यक्ष राज गुरुङ्गलाई मैले पोखरामा गुरुङ्ग साहित्यिक कार्यक्रमपछि दोस्रो पटक लाप्राकमै भेट्ने मौका पाएँ । २०७२ बैशाख १२ को भुकम्पमा उहाँले आफ्नो नेतृत्वमा आपत्कालीन स्वयम्सेवक दस्ता बनाएर उद्दारमा सहयोग गनुृभएको थियो । भूकम्पका बेला जंगलमा घाँसदाउरा गर्न गएका ९ जनामध्ये ८ जना पहिरोमा पुरिएका थिए । भूकम्पले लाप्राकमा २४ जनाको ज्यान लिएको थियो ।
भूकम्पपछि गाउँका सबै परिवार घरबारबिहीन हुन पुगे । सबै गाउँले क्रृनुजिलुङ चउरका अस्थायी टहराहरुमा बसे । त्यो बेला पानी, शौचालय र सरसफाइको ठुलो समस्या खडा भयो । कतै महामारी फैलिहाल्ने हो कि भन्ने डर थियो । बिद्यालयका बिद्यार्थी चउरमै पढ्थे । घाम, वर्षात् र हिमपातको बेला पठनपाठनमा बाधा पुग्यो । बिद्यार्थी संख्या ८०० बाट घटेर ५५० मा झ¥यो ।
गाउँमा भूकम्पको पीडाका कथाहरु कारुणिक थिए भने त्यसले समाजमा ल्याएको सकारात्मक परिवर्तनका कथाहरु प्रेरणादायी । पहिले गाँउलेहरुमा मेलमिलाप र सहयोगी भावना कम थियो । भूकम्पपछि भत्किएका घरहरु बनाउन गाँउलेहरु परस्पर सहयोगी बने । एकै छानामुनि बसेर खाना बाडीचुँडी खान थाले । गाँउका युवा मिलेर स्वास्थ्य शिविर चलाए । ठूलो जनधन लिएर गएको भूकम्पले गाउँमा आपसी एकता, माया प्रेम, सहयोग र सद्भावको साइनो गाँसिदियो ।
![]() |
घले ल्होसारमा सझिएका नानीहरु |
दुःखले ल्याएको सुखद् परिवर्तनबारे राज गुरुङको चित्रण सुनेपछि मलाई धेरै नै आनन्द महसुस भयो । लाप्राक नमुना गाउँ बनेपछि गुरुङ संस्कृतिको जर्गेनासँगै होमस्टेको विकास गरी यसलाई सुन्दर पर्यटकीय गन्तब्य बनाउने वडाअध्यक्ष गुरुङको सपनाले अझ ऊर्जा थप्यो । लाप्राक गाउँको उत्साहजनक घुमघाम सकेपछि हामी गुप्सीपाखाकी धुन्नी गुरुङ आमाकै टहरामा बास बस्न आइपुग्यौँ ।
पाँचौं दिन बिहान नास्तापछि हामी गुप्सीपाखाबाट पैदल बारपाक ओल्र्यौं । बारपाकबाट साइकलमा मान्द्रे, राङरुङ, बालुवा हुदै फेरि भालुस्वाँरा आएर बास बस्यौँ । त्यहाँ दरौंदीको माछा चाख्न पाइयो । यसरी अलिकति टे«किङसँगै साइकिलिङको भरपूर आनन्द संगालेर छैटौं दिन हामी सकुशल गोरखा बजार आइपुग्यौँ ।
सातौं दिन बिहानै गोरखाका पत्रकार किरण लोहनीसँग कुराकानी गर्दै बारपाक र लाप्राकको साइकल यात्रा तथा भुकम्पको पीडाका कथाहरु स्थानीय च्वाइस एफएममार्फत् सार्वजनिक रुपमा पस्किएँ । भूकम्पपछि थला परेको बारपाक र लाप्राकको पर्यटन उकास्न साइकल पर्यटन महत्वपूर्ण हुने आफ्नो ठम्याइ राखेँ । स्वास्थ्य, बातावरण अनि पर्यटनका लागि साइकल चढ्न सबैलाई रेडियोमार्फत् आह्वान पनि गरें । समग्रमा एक हप्ताको आँबुखैरेनी–बारपाक साइकल तथा पदयात्रा मेरा लागि अत्यन्त अविस्मरणीय रह्यो ।
साइकलयात्राकै क्रममा मैले थाहा पाएको एउटा कुराले भने कताकता खल्लोपन महसुस भयो । भूकम्पको सम्झनामा २०७३ सालमा शुरु गरिएको “टुर दि बारपाक” अभियान नारामा मात्र सीमित भइरहेको रहेछ । पक्की सडकसँगै भूकम्प स्मृति पार्क, गुरुङ र घले सांस्कृतिक संग्राहलय, भ्यू टावर जस्ता पूर्वाधारहरुको निर्माण तथा होमस्टेको विकास गर्न सके २०७२ सालको भूकम्पको केन्द्रविन्दु बारपाक मात्र हैन, नजिकको रमणीय गाउँ लाप्राकको पनि भविष्य सुन्दर र समुन्नत देखिन्छ ।
अन्तमा मनभरि भूकम्पको पीडाका कथाहरुको भारी र काँधमा नयाँ आशा र उत्साहपूर्ण जिम्मेवारी बाकेर म पोखरा फर्किएँ । जय साइकल
5 Comments
धन्यवाद दिवसजी । तपाईँले शब्द र फोटोमार्फत मलाई हामी २०५१ सालमा पुगेका ठाउँ बारपाक र लाप्राकको भ्रमण गराइदिनुभयो । चुम उपत्यका पुगेर फर्कँदा हामी जगत, उहिया, खोर्ला गाउँ, सिङ्ला, लाप्राक र बारपाक हुँदै गोरखा बजारसम्म पैदल हिँडेका थियौँ । लाप्राक र बारपाकमा बास बसेका थियौँ । यी दुबै गाउँ र यिनका बीचमा पर्ने अरू ठाउँको सुन्दरता चाखेका थियौँ ।
ReplyDeleteधन्यवाद हजुर लाई धेरै धेरै मोहन सर ! हजुर को
Delete" उपल्लो थलो " नियात्रा पढ्दै मैले पनि धेरै सुन्दरताहरु चाख्ने अबसरहरु पाएको थिए।अनि अब छिट्टै मनास्लु पदयात्रामा निस्कने मनमा हुटहुटी जागेको छ मोहन सर।हजुरबाट धेरै सिकेर धेरै घुम्ने,बुझ्ने जमर्को गर्दै छु।हजुर प्रती धेरैधेरै अाभार । म पनि घुम्न बामे सर्दै छु सर।भर्खर सुरुवाती पाइलाहरुमा छु।
हजुर प्रती धेरैधेरै धन्यवाद सर। पढिदिनु भो।
सुझाव सल्लाहहरु पनि दिनुहोला सर।
This comment has been removed by the author.
DeleteGreat Article...we must be there for promoting the domestic tourism!!
ReplyDeleteMohan Mainali Dai ko "Uppallo Thalo " ko padhda kher gayeko jhai lageko Barpak ra Laprak , ahile feri sakeko rahexa. Diwas Vai ko lekh bat testai lagyo.
ReplyDelete